दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ कार्तिक २०८३
  • 1.4K
    Shares

दाङ, २२ कात्तिक २०८३ ।

दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घोराही-१२ को साजखर्कबाट शुक्रबार बेलुकी पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने ६ जना घाइते छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका-१२ का ४० वर्षीय शेरमान घर्तीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर घोराही-१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका-१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही-१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार