काठमाण्डौ २२ कार्तिक २०८३ ।
पोल्यान्डको ऐतिहासिक सहर क्राकोको मुख्य बजार क्षेत्रमा शनिबार दिउँसो भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दिउँसो करिब ३ बजे एक व्यक्तिले गाडीबाट सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । मृत्यु हुनेमा ४ महिला र २ पुरुष छन् । घाइतेमध्ये २ जना प्रहरी अधिकारी छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।
गोली चलेपछि बजार क्षेत्रमा भागदौड मच्चिएको थियो । मानिसहरू नजिकैका रेस्टुरेन्ट र भवनभित्र लुकेका थिए ।
प्रहरीका अनुसार आक्रमणकारी पोल्यान्डकै नागरिक हुन् । उनी सैनिक शैलीको पोसाकमा थिए र सैन्य प्रकृतिको हतियार प्रयोग गरेका थिए । प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् र अहिले प्रहरी नियन्त्रणमा छन् । उनको गाडीबाट थप हतियार र गोलीगट्ठा पनि बरामद भएको छ ।
आक्रमणको कारणबारे अनुसन्धान जारी छ । एजेन्सीहरुको सहयोगमा