काठमाडौं, २२ कात्तिक २०८३ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुदाको भाउ घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
