पोखराबाट हराएको मोटरसाइकल स्याङ्जामा भेटियो, सवारधनीले बुझे

पोखराबाट हराएको मोटरसाइकल स्याङ्जामा भेटियो, सवारधनीले बुझे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०८३
  • 285
    Shares

स्याङ्जा, २१ कात्तिक २०८३ .

पोखराबाट हराएको मोटरसाइकल स्याङ्जामा भेटिएको छ ।

गएको जेठ १४ गते पोखरा महानगरपालिका वडा नम्बर-७, राष्ट्रिय बाणिज्य बैंक चोकबाट हराएको ग ३ प ८८७० नम्बरको YAMAHA कम्पनीको मोटरसाइकल स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ कुन्चेबारीस्थित सडकछेउमा बेवारिशे अवस्थामा भेटिएको हो।

प्रहरी चौकी अर्जुनचौपारीबाट प्रहरी सहायक निरीक्षक रुद्र बहादुर रिमालको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भेटिएको उक्त मोटरसाइकल मोटरसाइकल धनी भक्त श्रेष्ठलाईलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

पोखराबाट हराएको सवारी साधन अर्को जिल्लामा भेटिनुले सवारी चोरी तथा हराउने घटनामा अन्तरजिल्ला निगरानी र खोजतलासको महत्वलाई फेरि उजागर गरेको छ । प्रहरीले सवारी धनीहरूलाई सधैँ सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डल लक तथा आवश्यक सुरक्षा उपकरणको प्रयोग गर्न र सम्भव भएसम्म CCTV को निगरानी हुने स्थानमा मात्र सवारी साधन राख्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार