तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा : कति छ महँगो ?

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा : कति छ महँगो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०८३
  • 3.3K
    Shares

पोखरा, २१ कात्तिक २०८३।

नेपालीहरुको महान चाडहरु मध्येको दोश्रो ठुलो चाड तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली जिल्लाबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन्। पोखरा महानगरपालिका–१ सिमपानीमा अहिले सात/आठ ठाउँबाट भेँडाच्याङ्ग्रा बिक्री भइरहेको छ।

मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार मुस्ताङबाट बाहिरिएका एकहजार दुईसय च्याङ्ग्रामध्ये पांच सय काठमाडौं र सातसय पोखरा ल्याइएको छ।

मूल्य कति ?
रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्छ। त्योभन्दा कम मूल्यका च्याङ्ग्रा पनि बथानमा छन्।

दशैंमा तीनसयभन्दा बढी च्याङ्ग्रा बेचेका छिरिङले तिहारमा माग केही कम हुने बताए। तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी संख्यामा भेँडाच्याङ्ग्रा भित्रिएको उनको भनाइ छ।

मुगुबाट चार दिन हिँडेर आएका उदीम भाम र डोल्पाबाट एकसय ५० च्याङ्ग्रा लिएर आएका सन्तोष धरालाले पनि तिहारको व्यापारबाट राम्रो आम्दानीको आशा गरेका छन्।

व्यापारीहरूका अनुसार दशैं–तिहारमा एक जना व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म कमाउने गरेका छन्। तर टाढाबाट ल्याउँदा ढुवानी, खाना र बासमा धेरै खर्च हुने उनीहरूको गुनासो छ।

हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केकाले च्याङ्ग्राको मासु स्वादिष्ट र स्वस्थकर मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार