त्रिशूली किनारमा भेटिएको शंकास्पद वस्तु पड्किँदा दाजुभाइ घाइते

त्रिशूली किनारमा भेटिएको शंकास्पद वस्तु पड्किँदा दाजुभाइ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 0
    Shares

धादिङ, २ कार्तिक २०८३।

त्रिशूली नदी किनारमा भेटिएको शंकास्पद वस्तु फुटाउन खोज्दा विस्फोट हुँदा धादिङमा दाजुभाइ घाइते भएका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटमा सोमबार दिउँसो करिब १:३० बजे उक्त घटना भएको हो। घाइते हुनेमा काभ्रेपलाञ्चोकका २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार रहेका छन्। उनीहरु दुवै ५३ वर्षीय कान्छा परियारका छोरा हुन्।

प्रहरीका अनुसार कान्छा परियार र उनका दुई छोराले त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला पारेका थिए। उनीहरुले उक्त वस्तुलाई आफूहरु भाडामा बस्दै आएको ज्यामिरेघाटस्थित कोठामा ल्याएर फुटाउने प्रयास गरेका थिए। फुटाउने क्रममा एक्कासि विस्फोट भएको थियो।

विस्फोटबाट उछिट्टिएको छर्राले लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। उनीहरुको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आइसकेको छैन।

उक्त शंकास्पद वस्तु के थियो भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार