धरान/ परम्परागत किरात राईहरुको संस्कृति साकेला पर्व उभौली शनिवारबाट सम्पन्न भएको छ ।वैसाख २७ गते बुद्ध जयन्ति वैसाखे पूर्णिमाको दिनदेखि शुरु भएको पर्व सुनसरीका विभिन्न स्थानमा १५ दिनसम्म साकेला नाच प्रदर्शनसंगै शनिबार धरान १७ सप्तरंगी पार्कमासम्पन्न भएको हो ।
उहाले राज्यले आदिवासी जनजातिहरुको सास्कृतिक पर्वलाई महत्व नदिने गरेको आरोप समेत लगाउनुभयो ।सो अवसरमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राईले अब आदिवासी जनजातिहरुले आफ्नो हक अधिकारका लागि लड्ने बेला आएको बताउनुभएको थियो ।