वैद्य समूहमा मारामार ! चुनावलाई प्रयोग गर्दा पत्तासाफ

वैद्य समूहमा मारामार ! चुनावलाई प्रयोग गर्दा पत्तासाफ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०७४
  • 13.9K
    Shares

काठमाडौं । क्रान्तिकारी माओवादीमा यतिबेला पार्टीभित्र मारामार भएको छ । पार्टीले स्थानीय निकायको निर्वाचनलाई क्रान्तिकारी उपयोगको नाममा भाग लिँदा पत्तासाफ भएको विषयले पार्टीभित्र एकले अर्कालाई दोषारोपण गरिरहेका कुरा एक पोलिटब्युरोले नाम नबताउने सर्तमा फोनमा जानकारी गरेका छन् ।

वैद्यले चुनावमा भाग नलिउँ भन्दाभन्दै सिपि र परि समूहको सानो झुण्डले चुनावमा भाग नलिए पार्टी फुट्न सक्ने दबाब दिएपछि चुनावम भाग लिएको वैद्य माओवादी अहिले मत परिणाममा देशैभरिबाट एक मेयर पनि नआउनु वैद्य माओवादीको लागि चुनाव प्रयोग गर्नु भनेको ‘निल्नु र ओकल्नु’ सावित भएको छ ।

धेरैजसो जिल्लामा वैद्य माओवादीले काँग्रेस र माओवादी केन्द्रको पैसा खाएर देजमोको उम्मेदवारलाई भोट नहाली काँग्रेस–माके गठबन्धनका उम्मेदवारलाई जिताउन लागेको कुराले वैद्य माओवादीभित्र मामार भएको छ ।

गोरखा जिल्ला प्रमुख लगायत बहुसंख्यक नेताहरुले तत्काल माओवादी केन्द्रमा समाहित हुनुपर्ने अडान लिइरहेका छन् । अब यसैगरी रहे पार्टी आफैं सकिने बताइरहेका छन् ।

काँग्रेस–माओवादी गठबन्धनलाई जिताउन लागेका नेतालाई किन देजमोलाई भोट हाल्नु भएन भनेर सोध्दा – एक नेता भन्छन : हाम्रो पार्टीको उम्मेदवारहरु समाजमा त्यति राम्रो चरित्र भएका विश्वासिला पात्र थिएनन् । समाजमा गलत चरित्र भएको र ठगधन्धामा लागेका उम्मेदवारलाई जिताउनुभन्दा अरु पार्टीका स्थापित नेतालाई सहयोग गरेको कुरा काठमाडौंका एक नेताले बताए ।

पार्टीले समाजमा स्थापित व्यक्तिहरुलाई उम्मेदवार बनाउन नसक्नु पनि वैद्यको लागि पत्तासाफ बन्नु प¥यो । स्थानीय रुपमा कहिले नाम नसुनेका र गाउँमा बदनाम भएका पात्रलाई उम्मेदवार भएपछि नजित्नु स्वभाविक पनि थियो ।

इच्छुक प्रतिष्ठान र ‘इच्छुक पुरस्कार’ विवादमा

क्रान्तिकारी कवि तथा पत्रकार महान् सहिद कृष्ण सेन इच्छुकको नाममा बनेको प्रतिष्ठानलाई वैद्य माओवादीले आफ्नो बाउको पेवा जस्तो गरेको छ ।

नेपाल सरकारले इच्छुकको सम्मानमा वर्षेनी लाखौं रकम इच्छुक प्रतिष्ठानको रुपमा बजेटमै घोषणा गरेर दिइराखेको छ । इच्छुक प्रतिष्ठानको जग्गालाई वैद्यको निर्देशनमा उनका आसेपासेले बेचेर मोजमस्ती गरेको कुरा पूर्व इच्छुक प्रतिष्ठानका सदस्यसचिवले बताएका छन् । करोडौंका जग्गा बेचेर खाइसकेका छन् ।

इच्छुक पुरस्कारलाई पनि वैद्यले आफ्ना खराब कार्यकता, हिजो संकटकालमा माछे पक्राउने अनिल श्रेष्ठ लार्इ पुरस्कार दिएछन । नबिन विभास भन्ने जनयुद्धविरोधीलाई इच्छुक पुरस्कार दिनु इच्छुक प्रतिको अपमान गर्नु हो ।
इच्छुक पुरस्कार त जसले इच्छुकको बारेमा लेख्ने, सम्मान गर्ने, (नाटक लेख्ने क्रान्तिकारी सांस्कृतिक नेता खेम थपलिया) जस्ता मान्छेहरुलाई दिनुको सट्टा इच्छुकको बारेमा केही थाहा नहुने, उल्टै जनयुद्ध विरोधी र आफ्नो कार्यकर्तालाई पोस्नु वैद्यको क्रान्तिकारी नियत छर्लङ्ग देखिएको छ ।

इच्छुक प्रतिष्ठान वैद्य समूहको पेवा होइन, यो माओावदी आन्दोलनको बलिदानबाट प्राप्त संस्था भएकाले यसमा सबै माओावदीहरुको साझा संस्था हुनुपर्छ । यसको पुरस्कर वितरणमा पनि सबै माओवादी धाराका लेखक, कलाकार, कवि र पत्रकारहरुलाई इच्छुक पुरस्कार दिनुपथ्र्यो ।

इचछुक प्रतिष्ठानले अहिलेसम्म क्रान्तिकारी पत्रकारलाई इच्छुक पुरस्कार नदिनु इच्छुकमाथिको अपमान हो । क्रान्तिकारी पत्रकार संगठनका एक केन्द्रीय सदस्यका अनुसार – वैद्यले यसैगरि जाने हो भने इच्छुक प्रतिष्ठानलाई साझा नबनाउने हो भने अरु क्रान्तिकारी पत्रकार र लेखक, कलाकारले हस्तक्षेप गर्नेछन ।

स्रोत फरकपत्र.कम

प्रतिक्रिया
सम्बन्धित समाचार