पोखरा, १ असोज २०८२ ।
लमजुङमा मंगलबार साँझ जिप दुर्घटनाग्रस्त हुँदा चार जना यात्री घाइते भएका छन्।
पाउँदिबाट राइनास तर्फ जाँदै गरेको ग १ ज ७८१८ नम्बरको जिप मंगलबार साँझ करिब साढे ७ बजेतिर लमजुङको राइनास नगरपालिका-१० प्यारजुङमा दुर्घटनाग्रस्त हुँदा ४ जना घाइते भएका हुन्।
प्राप्त जानकारी अनुसार , जिपको ब्रेक फेल भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ र जिप सडकबाट १० मिटर तल खसेको छ ।
जिपमा चालक सहित ६ जना सवार थिए। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।