मुग्लिङ–नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रीको मृत्यु : तुइनखोलामा सडक अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रीको मृत्यु : तुइनखोलामा सडक अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ भाद्र २०८२
  • 6.3K
    Shares

पोखरा, ३१ भदौ २०८२ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको अन्तरगत नाम्सी पुलमा माथिबाट खसेको ढुङ्गाले लागेर बसमा सवार एक यात्रुको निधन भएको छ भने तुइनखोलामा माथीबाट सुख्खा पहिरो खस्दा सडक दुईतर्फ़ॆ अवरुद्ध भएको छ।

नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तरगत नाम्सी पुलमा तनहुबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ न को बसमा आज साँझ करिब ७ बजेतिर माथिबाट खसेको ढुङ्गाले लागेर उक्त बसमा सवार लमजुङको घले गाउँपालिका ३ बस्ने ४६ वर्षीया ऐश्र्या कामीको मृत्यु भएको हो ।

सडक माथिबाट खसेको ढुङ्गाले लागेर्गम्भिर घाइते भएका कामीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साँझ मृत्यु प्रहरीले जानकारी दिएको छ । माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट भित्र पसेर कामीको अनुहार र टाउकोमा चोट लागेको बताइएको छ।

बसको खुला ढोकाबाट भित्र पस्दा गम्भीर घाइते भएकी कामीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साँझ मृत्यु हो।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तरगत चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ तुइन खोला नजिक मंगलबार राती करीब पौने नौ बजेको समयमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक दुईतर्फि अबरोध भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै सोही सडक खण्डको नाम्सि खोलामा पनि माथिबाट पहिरो खसेर एकतर्फी सडक अबरोध भएको बताइएको छ।

अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कर्यालय मुग्लिनबाट प्रहरी टोली खटि सडक विभाग सँग समन्वय गरी पहिरो पन्छ्याउने कार्य भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार