तनहुँको कुम्लेखोलामा बस र मोटरसाइकल ठोक्किए : मोटरसाइकलको मृत्यु

तनहुँको कुम्लेखोलामा बस र मोटरसाइकल ठोक्किए : मोटरसाइकलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० भाद्र २०८२
  • 7.6K
    Shares

पोखरा, ३० भदौ २०८२।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकीमा बस र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

सोमवार स्याङ्जाबाट नारायणगढकोलागि छुटेको ना ५ ख ६८५३ नं. को बस र दमौलीबाट खैरेनीटारतर्फ आउदै गरेको त्र २ ०३०१६ प ०२३३ नं. को मोटरसाइकल कुम्लेखोला नजिकै ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा शुक्लागण्डकी–७, खैरेनीटारका २६ वर्षिय विवेक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बिकको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।
उक्त घटनापश्चात बस र चालकलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार