लमजुङमा बोलेरो जिप दुर्घटना : सात जना घाइते

लमजुङमा बोलेरो जिप दुर्घटना : सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 7.1K
    Shares

पोखरा, २९ भदौ २०८२।

लमजुङमा आज दिउसो बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

दोर्दी गाउँपालिका-६, ताजेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउदै गरेको ग१ज ७५५५ नम्बरको जिप दोर्दी–६ ढुङगेखोला (छोटेखोला) सडक खण्डमा आइतबार बिहान साढे ९ बजेतिर दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन्।

उक्त जिप दुर्घटनामा परि दोर्दी गाउँपालिका-६, ताजेगाउँ बस्ने ४४ वर्षीय मैती कुमारी तामाङ, सोही स्थानका ५८ वर्षीय लाल बहादुर तामाङ,२३ वर्षीय नबिन्द्र घले, २१ वर्षीय घिसे लामा, ३४ वर्षीय हरिमाया तामाङ, ३० वर्षीय खुसी माया घले र ४२ वर्षीय ठगम घले घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको ढाड, टाउको, हात, घाँटी र खुट्टामा चाेट देखिएको छ । प्रहरीका अनुसार घाइतेहरूमध्ये तीन जनाको अवस्था मध्यम र बाँकी चार जनाको अवस्था सामान्य रहेको छ।घाइतेहरुलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ ।

जिप ब्रेक फेल भएर भित्तामा ठाेकिन पुग्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिप चालक नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए ।

घाइतेको विवरण यसप्रकार छः

१ . दोर्दी–६ बस्ने मैती कुमारी तामाङ (४४), टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम।

२. दोर्दी–६ बस्ने लाल बहादुर तामाङ (५८), ढाड र बायाँ हातमा चोट, अवस्था मध्यम।

३ . दोर्दी–६ बस्ने नबिन्द्र घले (२३), टाउको, ढाड र घाँटीमा चोट, अवस्था मध्यम।

४ . दोर्दी–६ बस्ने घिसे लामा (२१), बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य।

५ . दोर्दी–६ बस्ने हरीमाया तामाङ (३४), दायाँ हातमा चोट, अवस्था सामान्य।

६. दोर्दी–६ बस्ने खुसी माया घले (३०), दायाँ हातमा चोट, अवस्था सामान्य।
दोर्दी–६ बस्ने ठगम घले (४२), ढाडमा चोट, अवस्था सामान्य

प्रतिक्रिया
सम्बन्धित समाचार