बझाङमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ भाद्र २०८२
  • 4.9K
    Shares

काठमाडौँ, २८ भदौ २०८२।

बझाङमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

बझाङ दाँतोलाबाट खौला बजारका लागि छुटेको सु प प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर शुक्रबार बिहान करिब ४ बजे तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन् ।

उक्त ट्रयाक्टर दुर्घटनामा तल्कोट गाउँपालिका – ४, उपरकोटका विकास सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले जानकारी दिए।

सोहि दुर्घटनामा परेर घाइते भएका तल्कोट–४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्लको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार