डिल्लीबजार कारागार र नेपालगञ्जस्थित बालसुधार गृहबाट भागेका कर्तब्य ज्यान मुद्दाका तीन जना कैदी सुर्खेतमा समातिए

डिल्लीबजार कारागार र नेपालगञ्जस्थित बालसुधार गृहबाट भागेका कर्तब्य ज्यान मुद्दाका तीन जना कैदी सुर्खेतमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ भाद्र २०८२
  • 3.2K
    Shares

सुर्खेत, २८ भदौ २०८२। । जेनजी आन्दोलन’ का बेला कारागारबाट भागेका तीन जना कैदीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

बाँकेको नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट बुधबार भागेका दुई जना कैदीलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजेतिर वीरेन्द्रनगर–६, चाइनापुल नजिकबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, पक्राउ पर्नेमा एक नाबालक र एक वयस्क रहेका छन्। पक्राउ परेका बयस्क कैदी रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ गोटामकोटका १७ वर्षीय मनिष बिष्ट रहेको डिएसपी बुढ्थापाले जानकारी दिए। कर्तव्य ज्यान मुद्दाका आरोपित बिष्टलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ ।

त्यसैगरी, काठमाडौँको डिल्लीबजार कारागार कार्यालयबाट भागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बामेखोलाका ३१ वर्षीय गणेश नेपाली पनि सुर्खेतबाटै पक्राउ परेका छन् । प्रहरी नायव निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले उनलाई बिहीबार अपरान्ह ४ बजेतिर वीरेन्द्रनगर–६, चाइनापुल नजिकबाट नियन्त्रणमा लिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका नेपालीलाई कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको प्रहरी नायव उपरीक्षक बुढ्थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार