पोखरा, २७ भदौ २०८२।
तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा भेटिएका छन्। सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदी किनारमा अन्दाजी ५५-६० वर्षीया वृद्धाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उक्त शबको सनाखत हुन् बाँकी रहेको प्रहरीले बताएको छ।
त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलास्थित डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०-३५ वर्षीया महिलाको शव फेलापरेको प्रहरीले जानकारी दिएको छ।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। सांकेतिक चित्र