पोखरा, २२ भदौ २०८२ ।
म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्ये एक युवा मृत भेटिएका छन् भने अर्का युवाको खोजि गर्दा नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
छ दिन अघिदेखि बेपत्ता रहेका दुई युवा मध्ये बेनी नगरपालिका ६ जामुनाखर्कका हरि रिजाल शुक्रबार दिउँसो मालढुङगास्थित कालीगण्डकी नदिको बाग्लुङतर्फको किनारमा भेटिएको हो भने उनीसंगै बेपत्ता भएका रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजाल फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
प्राप्त विवरण अनुसार , स्थानीय बासिन्दाले खोला किनारमा शवदेखिपछि प्रहरीलाई खवर गरेका थिए । शवलाई परिवारले पहिचान गरेपछि पोष्टमार्टमका लागि बाग्लुङ अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात आजनै बेनी स्थित घाटमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले जनाएको छ ।
उहाँसंगै सम्पर्कविहिन अर्का युवा रघुगंगा गाउँपालिका –२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात रहेको छ ।
दुवै युवाहरु बेनीको रिङरोडबाट मोटरसाईकल सहित कालीगण्डकी नदिमा खसेको आशंकामा गोताखोर टोलीले खोजतलास गर्नुका साथै प्रहरी र परिवारले नदि आसपासका क्षेत्रमा खोजी गरिरहेका थिए । यसअघि थाङ्नेवगरमा मोटरसाईकलको ट्याङकी समेत भेटिएको थियो ।
कुमार रिजाल फेला नपरेपछि उनका परिवारजनले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी आफन्तले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको नेपाल शिक्षक महासंघका निर्वतमान अध्यक्ष जयराम सुबेदीले जानकारी दिए।
बेपत्ता कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारी र मृतक हरि बेनीको एक पसलमा लेखामा कार्यरत थिए।