जिपको ठक्करबाट म्याग्दीमा तीनवर्षीय बालकको निधन

जिपको ठक्करबाट म्याग्दीमा तीनवर्षीय बालकको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ भाद्र २०८२
  • 3.6K
    Shares

पोखरा, २२ भदौ २०८२ ।

म्याग्दीमा जिपले ठक्कर दिंदा तीन वर्षीय बालकको निधन भएको छ।

मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले बेनी नगरपालिका–८ बेनीबजारस्थित गणेशटोलमा शनिबार ठक्कर दिंदा तीन वर्षीय बालकको निधन भएको हो।

निधन हुनेमा पर्वत जलजला गाउँपालिका–.७ तीन बर्षिय रियास सुनार रहेको प्रहरीले जानकारी दिएको छ।

जिपको ठक्करबाट गम्भीर घाइते बालकलाई तत्काल उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याइएकोमा
उपचारको क्रममा चिकित्सकले राती पौने ९ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

जिपचालकलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार