चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ भाद्र २०८२
  • 5.9K
    Shares

पोखरा, २१ भदौ २०८२ ।

चितवनमा बोलेरो दुर्घटना हुँदा २३ जना घाइते भएका छन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट रुप्लाङतर्फ गइरहेको सामान बोक्ने लु.प्र. १–००१ च १४५५ नम्वरको बोलेरो शुक्रबार साँझ आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । दुई जना उपचार पश्चात घर फर्किएका छन ।

यात्रुले ग्रामिण सडकमा सामान बोक्ने बोलेरो गाडीको पछाडि उभिएर यात्रा गरिरहेका थिए । गाडी सडकबाट १५ मिटर तल खसेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार