पोखरा, १९ भदौ २०८२ ।
अछाममा एकाघरका दिदीबहिनी एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा भेटिएका छन्।
अछामको तुर्माखाँद गाउँपालिका-६ का १६ र १३ वर्षका दिदीबहिनी स्थानीय सल्लेरी वनमा एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा भेटिएका हुन्। उनीहरु सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेको बताइएको छ।
गएको मंगलबारदेखि सम्पर्कविहीन भएका उनीहरुलाई घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला पारेका तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए।
अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १६ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।