झुम्का कारागारमा चार दिनको अवधिमा तीन जना कैदीबन्दीको मृत्यु

झुम्का कारागारमा चार दिनको अवधिमा तीन जना कैदीबन्दीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ भाद्र २०८२
  • 6.8K
    Shares

झुम्का कारागार

पोखरा, १९ भदौ २०८२ ।

सुनसरीको झुुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन जना कैदीबन्दीको मृत्युु भएको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिएको कारागारमा हिजोसाँझ एक जना बन्दीको मृत्यु भएसँगै चार दिनको अवधिमा तीन जनाको मृत्यु भएको हो । सो कारागारमा आइतबार र सोमबार पनि एक/एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुुई जनामा उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको कारागार प्रशासनले जनाएको छ ।

निमित्त जेलर राम निरौलाले बुधबार साँझ सप्तरीको राजविराज–८ घर भई झुम्का कारागारमा रहेका जबरजस्ती करणी मुुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको जानकारी दिए।

उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि बुधबार साँझ जिल्ला अस्पताल इनरुवामा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरोको प्रकोप झुुम्का कारागारको ब्लक ए र बी गरी एकहजार सातसय ९५ जना कैदीबन्दी छन् । तीमध्ये चार सय बढीमा ज्वरोको समस्या रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार