रुपन्देहीको शिवराज नगरपालिकामा गएराती अज्ञात समुहद्वारा हतियार देखाएर लुटपाट

रुपन्देहीको शिवराज नगरपालिकामा गएराती अज्ञात समुहद्वारा हतियार देखाएर लुटपाट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 2.3K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

रुपन्देहीको शिवराज नगरपालिकामा गएराती एक घरमा अज्ञात समुहले हतियार देखाएर लुटपाट मच्चाएको छ।

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गएराती मध्यरातमा हतियार देखाएर लुटपाट मच्चाएको हो।

चार जनाको समूहमा आएको उक्त डाँका समूहले पेस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाइ साढे तीन तोला बढीको गरगहना तथा डेढ लाख नगद समेत कुल ११ लाख रुपियाँभन्दा बढीको धनमाल लुटपाट मच्चाएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

घटनामा संलग्न लुटेराहरुको खोजि शुरु गरिएको प्रहरिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार