गोरखामा एकाबिहानै बस दुर्घटना : २१ जना घाइते

गोरखामा एकाबिहानै बस दुर्घटना : २१ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 2.8K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

गोरखामा आज एकाबिहानै बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस आज बिहान करिब साढे ५ बजे गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहान मर्निङ्ग वाक गएकाहरुले बस दुर्घटना भएको देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले सबै यात्रुको उद्धार गरी आरुघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको र केही बेरमा विस्तृत विवरण प्राप्त हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार