भन्सार छलेर चीनबाट नेपाल भित्र्याईएको ईलेक्ट्रिक चुरोटसहित तीन जना पक्राउ

भन्सार छलेर चीनबाट नेपाल भित्र्याईएको ईलेक्ट्रिक चुरोटसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 6.4K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

चीनबाट सिन्धुपाल्चोकनाका हुँदै भन्सार छलेर नेपाल भित्र्याईएको ईलेक्ट्रिक चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का कृष्णबहादुर गुरुङ रहेका छन् । पक्राउ परेका तीनै जना भरिया रहेका प्रहरीले बताएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको चमतीस्थित निमा छिरिङले भाडामा लिएको डेराकोठा लुकाएर राखिएको अवस्थामा करिव ७५ लाख मुल्य बराबरको तीन हजार आठ सय थान भेपसहित उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

आरोपीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै पटक–पटक गरि सो भेप ल्याएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार