पोखरा, १६ भदौ २०८२ ।
आफ्नै बिद्यालयमा अध्ययनरत एक छात्रालाई वलात्कार गरेको आरोपमा उदयपुरबाट एक बोर्डिङ स्कुलका प्राचार्य पक्राउ परेका छन्।
जिल्लाको बेलका नगरपालिका २ मा सञ्चालित कन्चनजंगामा हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकाका प्राचार्य ४७ वर्षीय युवराज श्रेष्ठ आफ्नै विद्यालयमा अध्ययनरत् १४ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
प्राचार्य श्रेष्ठले ती बालिकालाई बोडिङ्गकै कोठामा बालिकालाई बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिए।
[पिडित बालिकाको तर्फबाट नातामा भाउजु पर्ने महिलाले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा बालिकालाई जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनी उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरी अनुसन्धानका शुरु गरिएको प्रहरीले जनाएको छ।