पोखरा,१४ भदौ २०८२।
पोखराका दुई युवा अबैध लागू औषधसहित स्याङ्जामा समातिएका छन्।
पोखरा महानगरपालिका-३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा अबैध लागू औषधसहित स्याङ्जामा समातिएका हुन्। बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८४५२ नम्बरको बसमा पोखरा आउदै गरेका उनीहरूलाई गल्याङ नगरपालिका-१ राम्दीबाट अबैध लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
उनीहरुको साथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, नोर्फिन ३४ एम्पुल र फेनारगन ३४ एम्पुल पनि बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।
वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले पक्राउ गरेका उनीहरुविरुद्ध आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।