काठमान्डौको जडीबुटीमा एकाबिहानै रोकीराखेको बसमा स्कुटर ठोक्कियो : दुई जनाको मृत्यु

काठमान्डौको जडीबुटीमा एकाबिहानै रोकीराखेको बसमा स्कुटर ठोक्कियो : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ भाद्र २०८२
  • 5.3K
    Shares

काठमाडौँ,१३ भदौ २०८२।

काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार