बागलुङको राङखानीमा जिप दुर्घटना : सात जना घाइते

बागलुङको राङखानीमा जिप दुर्घटना : सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ भाद्र २०८२
  • 3K
    Shares

पोखरा , १३ भदौ २०८२।

बागलुङमा बिहिबार साँझ जिप हुर्घटना हुँदा सात जना घाइते भएका छन्।

सदरमुकाम बागलुङ बजारबाट बरेङतर्फ जाँदै गरेको ग.१ ज ७४८० नम्बरको जिप बिहीबार साँझ ७ बजे जैमिनी नगरपालिका १० राङखानीको नाम्दुकमा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेका अनुसार, दुर्घटनामा जिप चालक बरेङ गाउँपालिक १ का २० वर्षीय रवि थापा, सोही ठाउँका २१ वर्षीया सुस्मिता परियार, १९ वर्षीया विक्की परियार, ४० वर्षीया सेती परियार, ४० वर्षीया सुनिता परियार, १८ वर्षीय मोहन परियार र चितवनको भरतपुर महानगरपालिका २६ का ५४ वर्षीया ज्योति मगर घाइते भएका हुन्। घाइते सबैको अवस्था सामान्य छ।

घुमाउरो सडकमा स्टेरिङ फेल हुँदा जिप पल्टिएको चालकले बताएका छन्। जिप सडकबाट करिब १५ मिटर तल खसेको हो।

घाइते सबैको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार