रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ भाद्र २०८२
  • 5.1K
    Shares

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे

पोखरा, १२ भदौ २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन्। सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

उनीविरुद्ध महिलाले उजुरी दिएकी थिइन्। महिलाले उजुरी दिएपछि साइबर ब्यूरोमा हाजिर भएका उनलाई पक्राउ गरिएको ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए।

एसपी अवस्थीका अनुसार बुधबार अदालत लैजाने समय नभएकोले उनलाई ब्यूरोको हिरासतमा राखिएको छ। बिहिबार अदालत पेश गर्ने प्रहरीले जनाएको छ।

२०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार