१२ वर्षअघि अपहरण मुद्दामा कैद तोकिएका स्याङ्जाली युवा पोखराबाट पक्राउ

१२ वर्षअघि अपहरण मुद्दामा कैद तोकिएका स्याङ्जाली युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ भाद्र २०८२
  • 5.3K
    Shares

पोखरा, ११ भदौ २०८२।

स्याङ्जामा अपहरण मुद्दामा दोषी ठहर भएका एक युवा १२ वर्षपछि पोखराबाट पक्राउ परेका छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका –५ बस्ने ३८ वर्षीय ठाकूर बिक पोखरा महानगरपालिकाको वडा नम्बर १७ छोरेपाटनबाट आज पक्राउ परेका हुन्।

बिकलाई उच्च अदालत पोखराले २०७० साल चैत १८ गते अपहरण तथा शरीर बन्धक कसूरमा दोषी ठहर गर्दै दुई वर्ष नौमहिना पांच दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उच्च अदालतको फैसला पछि पनि लुकिछिपी बस्दै आएका बिकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले पोखराको छोरेपाटनबाट पक्राउ गरी फैसला कार्यन्बयानका लागि स्याङ्जा लगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । बिकलाई अदालतले गरेको फैसला बमोजिम सजायं भुक्तान गर्न अदालतमा बुझाइएकोमा उनलाई कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार