पोखरा, १० भदौ २०८२।
सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो जिप आज दिउँसो करिब ४ बजे अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-४ स्थित भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएर्का हुन्।
उक्त दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका-२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवा र सहचालक रौतहट बौधीमाई नगरपालिका-१ का २५ वर्षीय राम प्रवेश महतो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
हाल चालक तथा सहचालक दुवैजनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा गएको टोलीले खोजीकार्य अगाडि बढाइरहेको छ।