पोखरा, ९ भदौ २०८२।
सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलाशमा निवेदन दिएका छन्।
आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार (११ भदौ) मा पेशी तोकिएको छ।
यसैबीच लाइछने पत्नी निकिता पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफुले “उच्चअदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ ।” भनेकी छिन।
आफ्ना पति रबि लामिछानेले “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” भएको स्मरण गर्दै उनले आफ्नो स्टाटसमा <मेरो श्रीमान भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु ।> भनेकी छिन्।
उनले आफ्नो श्रीमान रबि लामिछानेको जीवन सुरक्षित नरहेको हिजोदेखि आजसम्म भन्दै आएको उल्लेख गर्दै पौडेलले “भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन । आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन ।” बताएकी छिन।
अन्त्यमा उनले बिगो तोकिदेन र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन आग्रह गरेकी छिन