पोखरा, ८ भदौ २०८२।
होस्टलमा बसेका तीनसय बढी बिद्यार्थी बिरामी भएको बारे सार्वजनिक रुपमा टिकाटिप्पणी भए पछि गण्डकी बोर्डिङ स्कुल प्रशासनले प्रेस बिज्ञप्तिमार्फत निकालेर आफ्नो धारणा सार्वजनिक गरेको छ।
गण्डकी बोर्डिङ स्कुलको होस्टेलमा रहेका बिद्यार्थीहरु बिहीबार रातिको खाना खाए पछि तीनसय बढी बिद्यार्थी बिरामी भएको समाचारहरु सार्वजनिक बेका थिए। उनीहरुलाई खानाकारण फूड प्वाइजन भएको आंशका गरिएको थियो ।
खाना खाएको केही समयपछि अधिकांश विद्यार्थीमा झाडावान्ता, पखाला हुने, टाउको दुख्ने, पेट दुख्ने लक्षण देखा परेपछि प्राथमिक उपचारका लागि स्कुल परिसरकै हेल्थ सेन्टरमा उपचार गरिएको अस्पताल प्रशानाले दाबी गरेको छ। विद्यार्थीले गएराति कुखुराको मासु खाएका थिए । मासु खाएकाहरु बिरामी परेका छन् ।
प्राचार्य डा. बिश्वयुधिर पौडेल घर्तीले शनिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै बिहिबार बिहानपख करिब साढे एक बजे होस्टलमा बसेका केही बाबुनानीहरुमा अकस्मात पेट दुख्ने, वाकवाकी लाग्ने तथा पखला लाग्ने जस्ता समस्या देखिई उनीहरुलाई विद्यालयको स्वास्थ केन्द्रमा उपचार गरिएको दाबी गरेका छन्।
बिहान ९ बजे सम्म यस्ता धेरै केसहरु आएको तर पूर्व उपचार गरिएको विद्यार्थीहरुमा पुनः समस्या नदेखिएको तथा केही विद्यार्थीहरुमा मानसिक त्रासका कारण समेत लक्षण देखिएको उक्त बिज्ञप्तिमा उल्लेख छ।
सोही दिनको दिउँसोतिर समस्या सामान्यीकरणतर्फ गइ सकेको भएता पनि विद्यालयको नियमित तालिका अनुसार अधिकांस बाबुनानीहरु निर्धारित समयमा नै घर पठाइएको तथा केहीलाई भने अभिभावकको जिम्मा लगाई समय अगावै घर पठाइएको पनि सोही विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
उक्त विज्ञप्तिका अनुसार , उक्त दिन नै विद्यालयमा आन्तरिक छलफल गर्दा अघिल्लो दिन खरिद गरि ल्याएका खाद्य पदार्थहरुमा खाद्य विपाक्तताको आशंका गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यलय, पोखरालाई पत्राचार गरी छानबिन गरिदिनका लागि अनुरोध गरिएको छ । साथै गण्डकी प्रदेश स्वास्थ मन्त्रालयलाई अनुरोध गरिएकोमा मन्त्रालयको एउटा प्राविधिक टोलिले छानविनका लागि विद्यालयको अवलोकन भ्रमण तथा आवश्यक सोधपुछ भईसकेको अस्पताल प्रशासनको दाबी छ। उक्त घटनाबारे छानबिन गर्न विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले एउटा छानविन समिती गठन गरिसकेको पनि उक्त बिज्ञप्तिमा उलेख छ।
आजको दिन विद्यालयमा रहेका बाबुनानीहरुमा कुनै समस्या नभएको तथा बिदामा घर गएका बाबुनानीहरुमा समेत समस्या नदेखिएको बुझिन आएको जानकारी दिंदै हाल विद्यालयमा कुनै पनि समस्या नरहेकोले नियमित तालिका अनुसार नै आइतबारदेखि विद्यालय सञ्चालन हुने सोही विज्ञप्तिमार्फत बिद्यालय प्रशानाले कुरा विद्यालयले अनुरोध गरेको छ ।
विद्यालयमा करिब ५ सय आवासीय विद्यार्थीमध्ये ठूलो संख्यामा एकैपटक बिरामी भएपछि अभिभावकमा त्रास फैलिएको थियो । प्रारम्भिक आशंका भने खानासम्बन्धी समस्या भएकोतर्फ केन्द्रित छ । “बिहिबार खाजा र बेलुकाको खानामा गेडागुडी, समोसा, भुजा, कुखुराको मासु र पनिर व्यवस्था गरिएको थियो,” विद्यालयका हेड कुक ख्यामनारायण ढकालले बताए । विगत २३ वर्षदेखि विद्यालयमा कार्यरत ढकालले खाना धेरै (हेवी) भएको कारणले पनि समस्या निम्त्याएको हुनसक्ने अनुमान गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको बताए ।
यता, अभिभावकहरूले भने यो घटनाको गम्भीर छानबिन गरी विद्यार्थीहरूको स्वास्थ्यसँग खेलवाड गर्नेप्रति कडा कारबाहीको माग गरेका छन् । हाल अधिकांश विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको विद्यालयले जनाएको छ । केहीलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ भने धेरैजना विद्यालयको हेल्थ सेन्टरमा उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।
