पोखरा ६ भदौ २०८२।
बागलुङमा आज बिहान बिद्युतिय भ्यान दुर्घटनान्ग्रस्त हुँदा छ जना बिद्यार्थी घाइते भएका छन्।
जिल्लाको गलकोट–५ हरिचौरबाट हटिया आउँदै को ग १ झ ७४३ नम्बरको बिद्युतिय भ्यान गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहानै ७ . १५ बजे दुर्घटनाग्रस्त हुँदा छ जना बिद्यार्थी घाइते भएका हुन्।
गल्कोट क्याम्पसमा पढ्ने बिद्यार्थीहरु लिएर आउदै गरेको उक्त बिद्युतिय भ्यान दुर्घटनामा १८ वर्षीया सुस्मिता बि.क, १८ वर्षीया प्रमिला बि.क, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जिवन खत्री, १९ वर्षीय अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ।
अत्याधिक तीब्र गतिका कारण अनियन्त्रित भै लडेर घरको आँगनसम्म पुगेको प्रहरीले बताएको छ।