पोखरा ५ भदौ २०८२।
अबैध लागूऔषध ब्राउन सुगरसहित पोखराबाट एक युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं. १४ चाउथे स्थायी घर भई पोखरा ८ सिर्जनाचोकस्थित फिर्केमा बस्दै आएका २६ वर्षीय दिपेन्द्र पुन अबैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
उनलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले गत्र मंगलबार साँझ पोखराको फिर्केबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनको फिर्केस्थित डेराकोठाबाट अबैध लागू औषध ब्राउनसुगर (खैरो हिरोईन) डेढ ग्राम, ब्रुफिनुर्फिन ३ एम्पुल, डाईजापाम ३ एम्पुल, फेनेरागन ३ एम्पुल, मोवाईल १ थान र डिजिटल तराजु १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले दाबी गरेको छ
अभियुक्त पुनबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।