पोखरा २ भदौ २०८२।
बाँकेको नेपालगन्जबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तिलसहित पक्राउ परेका छन्।
ने १ ह ४५०२ नम्बरको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीयलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट हाल नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनीहरूको साथबाट वक थान पेस्तोल र त्यसमा अलागने दुई थान गोली पनि बरामद भएको प्रहरीले बताएको छ।
दुवै जनामाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
दुई दिनअघि मात्र प्रहरीले बाँकेबाट गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो। तीमध्ये दुई जना भारतीय नागरिक हुन्।