पोखरा २ भदौ २०८२।
दाङमा जङ्गली च्याउ खाएका दम्पत्तिको एकदिनका अन्तरालमा मृत्यु भएको छ।
घर नजिकैको जंगली च्याउ खाएर गम्भीर बिरामी परेका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं २ राङसी गाउँका एक दम्पत्तिको एक दिनको अन्तरालमा मृत्यु भएको हो।
प्राप्त घटना विवरणअनुसार ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले साउन २७ गते च्याउ खाएका थिए । जंगली च्याउ पकाएर खाएका उनीहरुलाई छोरा मनबहादुर वलीले तत्काल उपचारका लागि आफैं आफ्नो गाडीमा राखेर दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।
उहरुको सँगै पोष्टमार्टम तथा अन्त्येष्टि पनि दाङमै गरिएको परिवर्तन गाउँपालिक २ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिए ।