लमजुङमा खाजाघर तोडफोड गरेर चोरी गरेको आरोपमा कुँवर पक्राउ

लमजुङमा खाजाघर तोडफोड गरेर चोरी गरेको आरोपमा कुँवर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०८२
  • 8.4K
    Shares

पोखरा, १ भदौ २०८२।

खाजाघरमा तोडफोड गरेर चोरी गरेको आरोपमा लमजुङबाट एक युवा पक्राउ परेका छन्।

लमजुङ जिल्लाको राईनास नगरपालिका वडा नं. ८ मा नवराज वंशिले संचालन गरेको रुद्रदेवी खाजा घर गत शुक्रबार तोडफोड गरेर चोरी गरेको आरोपमा प्रहरीले दोर्दी गाउपालिका वडा नं २ बस्ने वर्ष २२ को बिनायक कुवँरलाई पक्राउ गरेको हो।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी तार्कुघाटबाट खटिएको प्रहरी टोलीले स्थानीय देविथानस्थित घरकोठामा लुकिछिपी बसिरहेको अवाक्स्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त कुँवरले उक्त खाजाघरबाट पेय पदार्थहरु, चुरोट,लाईटर,स्याम्फू, लगायत अन्य साम्रागिहरुको रु. ३५ हजार तीन सय रुपियाँ बराबरको बराबरको धनमाल चोरी गरेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका कुँवरलाई इलाका प्रहरी कार्यालय भोटेओडारले जिल्ला प्रहरी कार्यालय लमजुङलाई बुझाएको र आज लमजुङ जिल्ला अदालतबाट नकवजनी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार