पोखरा , १ भदौ २०८२।
तनहुँमा बस र इलेक्ट्रिक माइक्रो भ्यान ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ।
दमौलीबाट मुग्लिनतर्फ गइरहेको ग १ ख ७३२९ नम्बरको बस र मुग्लिनबाट दमौलीतर्फ आइरहेको बा ०१-००६ ख ६५०३ नम्बरको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूलढुंगामा बिहीबार साँझ एकआपसमा ठोक्किदा चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर धादिङको नीलकण्ठ नगरपालिका-१४ घर भएका माइक्रो चालक रमेश अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सो दुर्घटनामा बसमा सवार ११ जना र माइक्रोमा सवार १० जना गरी कुल २१ जना घाइते भएका थिए। प्रहरीका अनुसार अन्य घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ।