मुस्ताङचोक दुर्घटना अपडेट : गम्भीर घाइते दुवै युवाको पहिचान खुल्यो, :एकको जिएमसी र अर्काको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार हुँदै

मुस्ताङचोक दुर्घटना अपडेट : गम्भीर घाइते दुवै युवाको पहिचान खुल्यो, :एकको जिएमसी र अर्काको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०८२
  • 32.5K
    Shares

पोखरा ३० साउन २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित मुस्ताङचोकमा आज एकाबिहानै भएको सवारी दुर्घटनामा घाइते भएका दुई युवाको पहिचान खुलेको छ।

बिहान करीब ५ . ५५ बजे ग ख ७९२९ नम्बरको ट्रिपर र्भित्रै छिरेको प्र३ – ०२ – ०१३ – प ५८०४ नम्बरको मोटर साइकलमा सवार भइ घाइते भएका दुवै जना युवाको पहिचान खुलेको हो।

उक्त दुर्घटनामा परेर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको हाल गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको हाल पोखरा स्वास्थ्य बिगायं प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।  घाइते दुवै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

आज बिहान करीब ५ = ५५ बजे पोखराको मुस्ताङचोकमा  पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग ख ७९२९ नम्बरको ट्रिपर र्भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको प्र३ – ०२ – ०१३ – प ५८०४ नम्बरको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार