पोखरा ३० साउन २०८२।
पोखरामा एकाबिहानै ट्रिपर र्भित्रै मोटरसाइकल छिरेर दुर्घटना हुँदा दुई युवा गम्भीर घाइते भएका छन्।
प्पोखाराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग ख ७९२९ नम्बरको ट्रिपर र्भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको प्र३ – ०२ – ०१३ – प ५८०४ नम्बरको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त हुँदा दुई युवा गम्भीर घाइते भएका हुन्।
बिहान करीब ५ = ५५ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १७ मुस्ताङचोकमा भएको उक्त दुर्घटनामा घाइते भएका युवाहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको उमेर २४ – २५ वर्ष रहेको प्राप्त जानकारीमा उल्लेख छ।
टाउकोमा चोट रहेका उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।