पोखरा २९ साउन २०८२।
बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको जोरु लेकबाट पिलुचौरका लागि स्याउ लिएर आउंदै गरेको भे ००१ त ०४८१ नम्बरको ट्र्याक्टर जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा बुधबार साँझ ट्र्याक्टर सडकको बर्कुबाट ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन्। ट्र्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ।
उक्त दुर्घटनामा परेर सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। उक्त दुर्घटनामा घाइते भएका सोही गाउपालिकाको वडा नम्बर ३ जुपु बस्ने ३५ वर्षीय लोकेन्द्र रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनको टाउको र ढाडमा चोट लागेको छ।
उक्त दुर्घतानापश्चात सोही गाउँपालिका–४ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय रविन्द्र नाथ र सहचालक समेत फरार रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय स्वामीकार्तिकको टोली घटनास्थलमा पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।