सुनसरीमा निर्माणाधीन सेफ्टीट्याङकीभित्र ठेकेदार र कामदार मृत भेटिए

सुनसरीमा निर्माणाधीन सेफ्टीट्याङकीभित्र ठेकेदार र कामदार मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०८२
  • 6.8K
    Shares

पोखरा २९ साउन २०८२।

सुनसरीमा निर्माणाधीन एक सेफ्टीट्याङकीभित्र ठेकेदार र कामदार मृत भेटिएक छन्।

सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र बुधबार बिहान १० बजेतिर दुई जना पुरुषको शव भेटिएको हो।

स्थानीय चन्द्रिका रौनियारले निर्मानाधिना घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ घर भएका ठेकेदार अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय मजदुर रमेश राईको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार मृतक तामाङ उक्त घर बनाउने पेटी ठेकेदार हुन् भने राई कामदारको रुपमा कार्यरत रहेका थिए । घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार