पोखरा ,२७ साउन २०८२।
नेपाल – भारत सीमामा हुने अबैध चोरी निकासी रोक्न खटिएको सश्सस्त्र प्रहरीका एक जवान अबैध रुपमा घुस लिएको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
सशस्त्र प्रहरॆए जवान खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
खत्रीले भारतबाट भन्सार छली कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापतको १५ हजार रुपियाँ लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। सांकेतिक चित्र