सुनसरीमा एकाबिहानै बस र विङ्गर ठोक्किए : तीनको मृत्यु, १७ घाइते

सुनसरीमा एकाबिहानै बस र विङ्गर ठोक्किए : तीनको मृत्यु, १७ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ साउन २०८२
  • 6.2K
    Shares

पोखरा ,२६ साउन २०८२।

सुनसरीमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

र काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान करिब ८ बजे एक आपसमा ठोक्दिा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

तीव्र गतिका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार