मेयरको बिरोध गर्ने गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख श्रेष्ठ एमालेबाट निलम्बित

मेयरको बिरोध गर्ने गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख श्रेष्ठ एमालेबाट निलम्बित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ साउन २०८२
  • 8.8K
    Shares

पोखरा ,२६ साउन २०८२।

नेकपा एमालेले गुल्मीले मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ । जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् । निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न चेतावनी दिइएको छ ।

पार्टी हित विपरित काम गरेको विषयमा श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । श्रेष्ठले असार ३२ गते स्पष्टीकरण पेश गरेपनि पार्टी कमिटीले चित्त बुझाएको थिएन । प्रमुख भुसालले मुसिकोट नगरकमिटीको सिफारिस र आफुहरुको अध्ययनपछि निलम्बन गरिएको जानकारि दिनुभयो । धेरै विषयमा कम्जोरी देखिएको र सचेत गराउँदा पनि कार्यान्वयन नभएपछि कारबाही गरिएको भुसालले बताए ।

एमाले गुल्मीको जिल्ला सदस्य समेत रहेकी श्रेष्ठले मुसिकोट नगरको बजेट निर्माणको सन्दर्भमा आफुलाई बाइपास गरेको विषयमा नेतृत्वको आलोचना गरेकी थिईन । नगरमा बोलेको बिषय पार्टीभन्दा मेयरको कार्यशैलीबिरुद्धको भएकाले कारबाही भए सहन तयार रहेको श्रेष्ठको भनाइ छ ।

उनले आफुलाई कारबाहीको पत्र अझै प्राप्त नभएको बताउँदै कारबाही भएपनि पार्टी बाहिर नजाने बताइन् । उनले अघि थपिन् , “मैले नगरभित्र पदको अधिकार खोजेको हो त्यो पार्टीलाई मन नपरेको हुनसक्छ । कारबाहीको चर्चा भएपनि स्पष्टीकरणपछि आधाकारिक केही आएको छैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार