पोखरा ,२६ साउन २०८२।
तनहुँको कमलबारीमा गएराती रङ बोकेको ट्रक दुर्घटना दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका छन्।
दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५८५४ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आइतबार राति ९ बजे दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका हुन् ।
उक्त ट्रक दुर्घटनामा घाइते भएका ट्रक चालक र सहचालकलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।