पोखरा २४ साउन २०८२।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ यात्रु घाइते भएका छन् ।
प्रदेश राजधानी जनकपुरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ग १ ख ९४९४ नम्वरको बस बाँके जङ्गलमा भत्किएको लच्का नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । १६ जना घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र एक जनाको नवलपुरमा उपचार चलिरहेको इन्स्पेक्टर घिमिरेले उज्यालो अभियानसँग बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । शुक्रबार साँझपख मुसलधारे वर्षा भइरहेको बेला बस अनियन्त्रित भएर पल्टिएको थियो ।
घाइतेलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए । बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठुलो क्षति टरेको लालबन्दीका इन्स्पेक्टर जोहारीले बताएका छन् ।
मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको घाइतेहरु
१. धनुषाको हंशपुर नगरपालिका २ बस्ने वर्ष २८ को उदित साह। शरीरमा भित्री चोट। अवस्था सामान्य।
२. सर्लाहीको कबिलासी नपा ८ बस्ने वर्ष ६८ को राम पुकार मुखिया। बायाँ हात र खुट्टामा चोट। अवस्था सामान्य
३. सोही ठाउँका दिनेश महतोकी श्रीमती वर्ष २५ की सुमित्रा देवी महतो। टाउको र छातीमा भित्री चोट। अवस्था सामान्य।
४. महोत्तरीको बर्दिबास नपा ७ बस्ने धर्मदेव महतोकी श्रीमती वर्ष ३९ की कमला कुमारी महतो। दुबै खुट्टामा भित्री चोट अवस्था सामान्य।
५. उनका छोरा वर्ष १४ को आशिष कुमार महतोको दाहिने हातमा चोट। अवस्था सामान्य।
६. धनुषाको क्षिरेश्वरनाथ नपा ५ बस्ने सुशान्त साहकी श्रीमती वर्ष २७ की चन्दा देवी साहको शरीरको बिभिन्न भागमा चोट। अवस्था सामान्य।
७. सर्लाहीको मलंगवा नपा १२ बस्ने रघुनाथ महतोकी श्रीमती वर्ष ४५ की जतारन महतोको शरीरको बिभिन्न भागमा चोट। अवस्था सामान्य।
८. सोही ठाउँका हरी महतोको श्रीमती वर्ष ६५ की सखिया महतोको शरीरमा भित्री चोट अवस्था सामान्य।
९. धनुषाको सबैला नपा २ बस्ने वर्ष ३८ का हरी शंकर साहको बायाँ हातमा चोट अवस्था सामान्य।
१०. सर्लाही लालबन्दी नपा ५ बस्ने वर्ष २४ की रेनुका गौतमको ढाडमा चोट अवस्था सामान्य।
११. सर्लाहीको कबिलासी नपा ३ बस्ने वर्ष २३ की मुनिका कुमारी शर्माको ढाडमा भित्री चोट अवस्था सामान्य।
१२. सोही ठाउँका वर्ष २४ को धिरज कुमार ठाकुरको बायाँ हातमा चोट अवस्था सामान्य रहेको।
१३. सर्लाहीको हरीपुर नपा ७ बस्ने जगदिश सिंहकी श्रीमती वर्ष ३० की बिर्जना सिंहको अनुहारमा चोट अवस्था सामान्य।
१४. धनुषाको मिथिला नपा १ बस्ने श्रवण कुमार महतोकी श्रीमती वर्ष ३५ की मन्जु कुमारी महतोको घाटीमा चोट अवस्था सामान्य।
१५. उनका छोरा वर्ष १० को आशिष कुमार महतोको छाती, कम्मरमा चोट अवस्था सामान्य।
१६. उनकै कै छोरा वर्ष ५ को शुसन कुमार महतोको छातिमा भित्री चोट अवस्था सामान्य रहेको।
लाइफलाइन हेल्थ केयर नवलपुरमा उपचार भइरहेका घाइते
१७. सर्लाहीको हरीपुर नपा ९ बस्ने ओमप्रसाद चौधरीकी श्रीमती वर्ष ४५ की रीता चौधरीको बायाँ हात र कम्मरमा चोट अवस्था सामान्य।
शुभस्वतिक अस्पताल बर्दिबासमा उपचाररत घाइते
१८. महोत्तरीको बर्दिबास नपा १ बस्ने सूर्यप्रसाद पोख्रेलको छोरी वर्ष ४ की श्रीषा पोख्रेलको कम्मरमा चोट अवस्था सामान्य रहेको।
रिया पोलिक्लिनिक गोदार धनुषामा उपचाररत घाइते
१९. बसका सह चालक धनुषाको धनुषाधाम नपा ८ बस्ने वर्ष ४० को विजय यादवको ढाडमा चोट अवस्था सामान्य रहेको।