सौताको छोरा हत्या गरेर दाङबाट भागेकी पण्डित २३ वर्षपछि काठमाण्डौमा पक्राउ

सौताको छोरा हत्या गरेर दाङबाट भागेकी पण्डित २३ वर्षपछि काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०८२
  • 4.4K
    Shares

पोखरा २२ साउन २०८२।

सौताको छोरा हत्या गरेर दाङबाट भागेकी एक महिला २३ वर्षपछि काठमाण्डौमा पक्राउ परेकी छिन्।

दाङ जिल्लाको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डित विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद शर्माको हत्या गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेकी हुन्।

त्यति बेला बसन्ता शर्मा पण्डितले सौताको नौ वर्षीय छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखाडीमा गाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

जिल्ला अदालत दाङले शर्मालाई विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो। तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार थिइन्।

शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रबाट मंगलबार बिहान ८ः३० बजे पक्राउ गरेको प्रहरीले बताएको छ। ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतम पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार