पोखरामा पाचँ बर्षीया बालिकालाई ललाईफकाई एकान्तमा लगी सुनको मुन्द्रा चोरी फरार युवती पक्राउ

पोखरामा पाचँ बर्षीया बालिकालाई ललाईफकाई एकान्तमा लगी सुनको मुन्द्रा चोरी फरार युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०७७
  • 3.8K
    Shares

पाँच वर्षीया बालिकालाई एकान्त कुनामा लगेर मुन्द्रा चोरी गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा ११ निवासी २२ वर्षीया एलिना गुरुङलाई सोमबार दिउँसो २:३० बजे पोखरा पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट पाँच वर्षीया बालिकालाई ललाई फकाई एकान्तमा लगेर बालिकाले कानमा लगाएका मुन्द्रा झिकेर चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

एलिनासँगै अनुसन्धानको लागि पोखरा-११ रानीपौवा स्थित सुन पसले ३० वर्षीय विजय सुनारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एलिना सोमबार साँझ पोखराको पालिखे चोकबाट पक्राउ परेकी हुन् भने सुन पसले सुनारलाई मंगलबार अनुसन्धानका लागि पक्राउ गरेको हो ।

पोखरा-७ घारीपाटन निवासी रमिला पौडेलकी पाँच वर्षीया छोरीको मुन्द्रा चोरी भागेको सूचना र प्राप्त हुलीयाको आधारमा चोरीमा सम्लग्न गुरुङलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले बताए ।

उनीहरु दुुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार