विगत १६ दिन देखि वेपत्ता भएका कास्की मादी गाउँपालिका ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी मृत फेला परेका छन् ।
बिहीबार चितेपानीको खोलेटो भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा धनुवास मावि, मादी ७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।
गत पुस ६ गते मर्निङ वाकमा निस्केका अधिकारीको शव झुण्डिएको अवस्थामा चितेपानीको कुल पूजा मन्दिरभन्दा तल भेटिएको हो ।
उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार पनि गरिएको छ ।
वेपत्ता भएका अधिकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।
अधिकारीका श्रीमती र ३ छोरी छन् ।